भ्रष्टाचार अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत आठ जना र निर्माण कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सो नगरपालिकले आर्थिक वर्ष २०८०/८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुनविपरीत अनियमितता गरेको अभियोगमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध आयोगले रु ३६ लाख २० हजार पाँच सय ७८ बराबरको बिगो माग दाबी गरेको छ।
आयोगले सार्वजनिक खरिद कानुनविपरीतको गतिविधि गरेको अभियोगमा न्यू विके/नहकुली जेभी तथा उक्त कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का र चित्रबहादुर बोहोरासँग समान बिगो माग गरेको छ।
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया