कांग्रेस नेता चौधरीको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीका दाजु रामाकान्त चौधरीको निधन भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका नेता एवं नेपाल शिक्षक सङ्घ बाराका सदस्य चौधरीको भदौ ६ गते मेडिसिटी अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गरेका छन्।
विसं २०१३ भदौ १५ गते जन्मिएका स्व चौधरीले लोकतन्त्रको स्थापना तथा पुनःस्थापना आन्दोलनमा सक्रिय भूमिका निर्वाह गगरेको थियो । लोकतन्त्र र जनताका हकअधिकारका लागि गरिएको आन्दोलन र सङ्घर्षका क्रममा उनले पटकपटक जेलनेल भोग्नुभएको कांग्रेसले जनाएको छ ।
स्व चौधरीले स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचनमा सक्रिय भूमिका निर्वाह गरेको थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिक यात्रा प्रारम्भ गरेका चौधरीको निधनबाट नेपाली कांग्रेसले एक होनाहार व्यक्तित्वलाई गुमाएको कांग्रेसले जनाएको छ ।
चौधरीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको छ । देउवाले चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलगायत शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया