मधेस प्रदेशका मुख्यमन्त्री सिंह स्विट्जरल्याण्ड प्रस्थान
मेरोन्यूज
२०८२ भदौ १४ गते २०:४८

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् । उनी त्यहाँ आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका हुन् । मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अवधेश झाले यही अगस्ट ३१ देखि सेप्टेम्बर ६ सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको जानकारी दिए । भ्रमणका क्रममा संघीय प्रणालीअन्तर्गत अन्तर–सरकारी सहकार्यलगायत विषयमा छलफल, अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने कार्यक्रम रहेको छ ।
उनको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
सम्बन्धित
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
प्रतिक्रिया