‘परिणाममुखी काममा प्रदेश सरकार केन्द्रित छ’

नारायणगढ (चितवन)। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने किसिमले काम गर्ने प्रतिबद्धता जनाएका छन् । आज चितवन उद्योग सङ्घको ३४औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री बानियाँले सरकारद्वारा निर्धारित कार्ययोजनालाई कार्यान्वयन गर्दै प्रदेशलाई समृद्ध बनाइने धारणा राखे ।
उनले भने, “गल्ती मानिसबाट हुन्छ, त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ । सत्य स्थापनाका लागि तथ्यमा आधारित योजना मात्र अघि सारिनेछ ।” प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले उद्योगी तथा व्यवसायीलाई गरी खाने अवसर सिर्जना गरी उनीहरुकाे योगदानलाई महत्त्वका साथ कदर गरिने उल्लेख गरे ।
बागमती प्रदेशको समग्र विकास गर्दै उद्योग क्षेत्रको प्रवर्द्धनका लागि ठोरीनाका सञ्चालनमा ल्याउनु, शक्तिखोर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको मुख्यमन्त्री बानियाँले उल्लेख गरे। यसलाई सरकारको कार्ययोजनामा प्रमुख विषयका रूपमा अघि सारिएको उनको भनाइ छ ।
सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले महिला उद्योगीलाई व्यवसायमा संलग्न हुन आग्रह गर्दै कृषि र उद्योगलाई सरकारी योजनामा जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, उत्तम जोशीलगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया