‘परिणाममुखी काममा प्रदेश सरकार केन्द्रित छ’

नारायणगढ (चितवन)। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने किसिमले काम गर्ने प्रतिबद्धता जनाएका छन् । आज चितवन उद्योग सङ्घको ३४औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री बानियाँले सरकारद्वारा निर्धारित कार्ययोजनालाई कार्यान्वयन गर्दै प्रदेशलाई समृद्ध बनाइने धारणा राखे ।
उनले भने, “गल्ती मानिसबाट हुन्छ, त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ । सत्य स्थापनाका लागि तथ्यमा आधारित योजना मात्र अघि सारिनेछ ।” प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले उद्योगी तथा व्यवसायीलाई गरी खाने अवसर सिर्जना गरी उनीहरुकाे योगदानलाई महत्त्वका साथ कदर गरिने उल्लेख गरे ।
बागमती प्रदेशको समग्र विकास गर्दै उद्योग क्षेत्रको प्रवर्द्धनका लागि ठोरीनाका सञ्चालनमा ल्याउनु, शक्तिखोर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको मुख्यमन्त्री बानियाँले उल्लेख गरे। यसलाई सरकारको कार्ययोजनामा प्रमुख विषयका रूपमा अघि सारिएको उनको भनाइ छ ।
सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले महिला उद्योगीलाई व्यवसायमा संलग्न हुन आग्रह गर्दै कृषि र उद्योगलाई सरकारी योजनामा जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, उत्तम जोशीलगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया