उड्ने वित्तिकै आगोको झिल्को देखिएपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण
मेरोन्यूज
२०८२ भदौ १५ गते १४:४७

काठमाडौँ । दिल्लीबाट इन्दौर उडेको एयर इन्डियाको विमानमा आगोको झिल्को देखिएपछि दिल्लीमै आकस्मिक अवतरण गरिएको छ।
आइतबार बिहान इन्दौर जाँदै गरेको एयर इन्डियाको उडान एआई २९१३ उडान भरेको केही समयपछि आपत्कालीन अवस्थामा दिल्ली फर्कनु परेको थियो।विमान उड्ने वित्तिकै पाइलटले विमानको दायाँ इन्जिनमा आगो लागेको संकेत पाएपछि दिल्ली फर्काएका थिए। विमानमा ९० जना यात्रुहरू रहेको बताइएको छ।
एयर इन्डियाका प्रवक्ताले विमानलाई अनुसन्धानको लागि ग्राउन्डेड गरिएको बताएका छन्। यात्रुहरूलाई इन्दौर लैजानको लागि वैकल्पिक विमानको व्यवस्था गरिएको उनको भनाइ छ।
यस घटनाको बारेमा नियामक प्राधिकरणलाई जानकारी गराइएको छ। एयर इन्डियाले यात्रुहरूलाई परेको असुविधाप्रति माफी मागेको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया