धान बालीमा डढुवा रोग

नवलपरासी । यहाँको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ। यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिए।
उनले समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएकाले समस्या देखिएको हुनसक्ने बताए। “धान पातको फेदमा अण्डाको आकारजस्तो खैरो थोपा देखिएका छन्। यसको आकार वृद्धि हुँदै गई ढुसीको कालो गिर्खा देखा पर्ने समस्या छ। बिस्तारै यो समस्या माथिल्लो भागमा पुग्छ र सुकेर डढेको जस्तो देखिने हुन्छ”, चौबेले भने।
जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। कार्यालय प्रमुख चौबेले यहाँका अन्य क्षेत्रमा समस्या देखिएको जानकारी आएको बताए।
पाल्हीनन्दन गाउँपालिका–४ का राजाराम धवलले फेदमा डढुवा रोग लागेर धानबाली सुक्न थालेको बताए। गत वर्षको तुलनामा यसपटक अधिकांश खेतमा यो रोग देखिएको उनले जानकारी दिए।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया