देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला

वीरगञ्ज। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता सिटौलाले हरेक देशको आफ्नो इतिहासलाई सम्झाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
“विगतमा चीन र जापानबीच धेरै पटक भयानक खालका युद्ध भएका थिए । ती युद्धको बारेमा अहिले चीनले विश्वका धेरै देशका प्रधानमन्त्रीलाई आफ्नो मुलुकमा बोलाएर जानकारी गराउँदै छ,” उनले भने, “हरेक देशको आफ्नो इतिहास गर्विलो हुने भएकाले नेपालले पनि आफ्नो प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई बारम्बार बताउँदै जान आवश्यक भइसकेको छ ।”
कतिपयले ‘इतिहास भजाएर खान पाइन्छ ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै नेता सिटौलाले इतिहास बिर्सेर अघि बढ्न नसकिने बताए। “घरको जग बिर्सेर थप तला थप्न सकिन्छ त ?”, उनले भने, “त्यसैले नेपाली कांग्रेसले गरेको कामको विषयमा अबका नयाँ पुस्तालाई बुझाउनुपर्ने हुन्छ ।”










जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया