राष्ट्रियसभा बैठक बस्दै, भूमिसम्बन्धी विधेयक टेबुल हुने
मेरोन्यूज
२०८२ भदौ १६ गते ७:५४

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्ताव गर्ने छन् ।
यसैगरी, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्ने छन् ।
सम्बन्धित


















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया