चाडपर्वलाई लक्षित गर्दै डेल्टा अटोकर्पले ल्यायो ‘डबल या तेब्बर बबाल !’ अफर

काठमाडौं । नेपालका लागि भेस्पा एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दसैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘डबल या तेब्बर बबाल’ फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बरसम्म बढाउन सकिनेछ ।
यस अफरअन्तर्गत, हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकहरूले चार रात पाँच दिनको रोमाञ्चक थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन् । त्यतिमात्र नभई, अफरको बम्पर पुरस्कारस्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार मूल्यांकन प्राप्त गर्न सकिनेछ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्यांकनभन्दा थप एक लाख ५० हजारसम्म पाउन सकिने कम्पनीले जनाएको छ ।
फाइनान्स सुविधा पनि उत्तिकै आकर्षक छन् । ४.९९ प्रतिशतमात्र ब्याजदरमा ईएमआई सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । अफर नेपालभरका सबै आधिकारिक भेस्पा एप्रिलिया शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रालिका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “डेल्टा अटोकर्प सधैँ आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दसैँ, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौँ । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।”













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया