अफगानिस्तानमा भूकम्प : ६०० भन्दा बढीको मृत्यु

अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पपछि घरहरू भत्किएपछि ठूलो उद्धार अभियान सुरु भएको छ । यस विपत्तिमा छ सयभन्दा बढी मानिसको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
मध्यरातअघि आएको भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लाएको थियो ।
देशको पूर्वी भागमा केन्द्रित भूकम्पले ठूलो क्षति पु¥याएको छ । “कुनार प्रान्तमा छ सय १० जनाको मृत्यु भएको छ र एक हजार तीन सय जना घाइते भएका छन् । धेरै घरहरू भत्किएका छन्”, गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले भने।
उनका अनुसार नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु भएको र दुई सय ५५ जना घाइते भएका छन् ।
तालिबान अधिकारीहरू र संयुक्त राष्ट्रसङ्घले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन् ।
“अफगानिस्तानमा पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौँ”, संयुक्त राष्ट्रसङ्घले एक्समा जनाएको छ । राष्ट्रसङ्घका अनुसार टोलीहरूले प्रभावित क्षेत्रमा आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्याइरहेका छन् ।
अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्रविन्दु नङ्गरहार प्रान्तको जलालाबाद सहरबाट २७ किलोमिटर टाढा आठ किलोमिटर गहिराइमा थियो । सामान्यतया सतह नजिकैको केन्द्र भएको भूकम्पले गहिरो भूकम्पभन्दा बढी क्षति पुर्याउँछ ।
– बारम्बार भूकम्प –
आइतबार राति ११ः३० बजे (स्थानीय समय ४ः०० बिहान) पछि ५.२ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प सहित कैयौँ परकम्प अनुभव गरिएको थियो ।
विशेष गरी युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको सङ्गम क्षेत्रमा पर्ने हिन्दुकुश पर्वत शृङ्खलामा रहेको अफगानिस्तान बारम्बार भूकम्प प्रभावित क्षेत्र हो ।
यसअघि, शुक्रबारदेखि शनिबारसम्मको बाढीले नङ्गरहार प्रान्त प्रभावित भएको थियो । सो बाढीमा पाँच जनाको मृत्यु भएको र बाली तथा सम्पत्तिमा ठूलो क्षति पुगेको प्रान्तीय अधिकारीहरूले बताएका थिए ।
सन् २०२२ जुनमा पूर्वी सीमावर्ती प्रान्त पक्तिकामा ५.९ म्याग्निच्युडको भूकम्प जाँदा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो र दशौँ हजार परिवार विस्थापित भएका थिए ।
चार दशक लामो युद्धले जर्जर बनेको अफगानिस्तानले अहिले पनि मानवीय सङ्कटको सामना गरिरहेको छ । तालिबानको पुनरागमनपछि विदेशी सहायता निकै घटेको छ, जसले प्रकोप सामना गर्ने देशको क्षमता अझ कमजोर बनाएको छ ।
सन् २०१५ मा पाकिस्तान र अफगानिस्तानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा तीन सय ८० भन्दा बढीको मृत्यु भएको थियो । सोही विपत्तिमा, विद्यालय भवन हल्लिँदा भागदौडका क्रममा १२ जना अफगान किशोरी विद्यार्थी किचिएर मारिएका थिए ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया