गोरखामा यामाहाको नयाँ ‘थ्री-एस’ शो रुम

काठमाडौं । यामाहा नेपालले गोरखा–६मा अवस्थित आफ्नो नयाँ ‘थ्री-एस’ फ्यासिलिटी सेल्स, सर्भिस रस्पेयरपार्ट्स चन्दा सप्लायर्स शुभारम्भ गरेकोछ।
यस नयाँ शोरुमको औपचारिक उद्घाटन प्रमुख अतिथिका रूपमा गोरखा नगरपालिकाका प्रमुख कृण्ण बहादुरराना मगर गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा एमए डब्ल्यूराइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो।
अत्याधुनिक पूर्वाधार र समर्पित टोली सहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रिएस अनुभव एउटै छाना मुनि उपलब्ध गराएको छ।यस मार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्री पछिको सेवा तथा जेनुइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने छन्।
उत्साहमा थप बृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय एफजेडर एमटी श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो।
यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन्।
कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले गोरखामा यो नयाँ थ्रिएसशोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई ग्राहकहरूको अझ नजिक ल्याउने यात्रामा अर्को महत्वपूर्ण कदम भएको बताएका छन ।
नयाँ एफजेड र एमटी भेरियन्टको लन्चसँगै, हामी गोरखा तथा आसपासका राइडरहरूलाई स्टाइल,प्रदर्शन र भरोसानको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्ने बताएका छन ।
हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं।”
त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, “चन्दा सप्लायर्सबाट हामी उच्च गुणस्तरका यामाहा दुई(पांग्रे सवारी साधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभवदिने लक्ष्य समेत राखेको बताएका छन ।
हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हो, जसका लागि हामीले बिक्री देखि सेवा र त्यसपछि पनि विभिन्न चरण सम्म सन्तुष्टि सुनिश्चित गर्ने बताए ।
यस नयाँ शोरुम को उद्घाटन र नयाँ एफजेड र एमटी भेरियन्टको लन्च सँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ।
अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहा का सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस रस्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने छन्।
एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका कारण नेपालको सबै भन्दा विश्वासिलो दुई पांग्रे ब्रान्ड मध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ।









अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया