एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन हुँदै

काठमाडौं – विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले आज पत्रकार सम्मेलन गर्दैछ ।
पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार रआज दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायतका नेता उपस्थित हुनेछन्। दाेस्रो विधान महाधिवेशन भदौ २०–२२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा गर्दैछ ।
विधान महाधिवेशनको तयारी र समसामयिक विषयमा जानकारी गराउन बुधबार पत्रकार सम्मेलनको आयोजना गरिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।विधान महाधिवेशन तयारीका लागि एमाले सचिवालय बैठक भने बिहीबार बस्दैछ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली बुधबार चीनबाट स्वदेश फर्किने भएपछि सचिवालय बैठक बिहीबारका लागि तोकिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको हो ।
गौतमका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत हुने उनको भनाइ छ ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया