थाइल्यान्डमा संसद् विघटनतर्फ कार्यवाहक सरकारको पहल

देशको सबैभन्दा ठूलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढेको उनको पार्टीले बुधबार जानकारी गराएको छ ।
गत हप्ता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवाद सम्हाल्ने क्रममा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदच्यूत गरेपछि सरकारको नेतृत्वमा रिक्तता सिर्जना भएको थियो । यसपछि विभिन्न गुटबीच उहाँको उत्तराधिकारी खोज्ने सङ्घर्ष चर्किएको थियो ।
अझै कार्यवाहक सरकारको भूमिकामा रहँदै फेउ थाई पार्टी प्रधानमन्त्रीका लागि आफ्नै उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्थामा विपक्षी पिपुल्स पार्टीलाई सहयोग गर्ने निर्णयमा पुगेको थियो । तर पिपुल्स पार्टीले यसको सट्टा रूढिवादी व्यापारी अनुतिन चार्नविराकुललाई समर्थन गर्ने घोषणा गर्यो ।
यस घोषणा केही क्षणमै फेउ थाई महासचिव सोरावोङ थिएन्थोङले कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले ‘सदन विघटनको आदेश पेस गरेको’ बताउनुभयो । थाई संविधानअनुसार राजाले संसद् विघटनलाई स्वीकृति दिएपछि ४५ देखि ६० दिनभित्र नयाँ चुनाव हुनुपर्ने प्रावधान छ ।
फेउ थाई पार्टी सिनावात्रा परिवारको चुनावी प्लेटफर्म हो, जसले दुई दशकदेखि राजतन्त्र समर्थक र सैन्य समर्थक अभिजात वर्गसँग सत्ताको सङ्घर्ष गर्दै आएको छ । तर विश्लेषकहरूका अनुसार उनीहरूको प्रभाव क्रमशः घट्दै गएको छ र सत्तामा टिकिराख्न कठिनाइ भएको छ ।
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया