थाइल्यान्डमा संसद् विघटनतर्फ कार्यवाहक सरकारको पहल

देशको सबैभन्दा ठूलो विपक्षी पार्टीले प्रतिद्वन्द्वी उम्मेदवारलाई समर्थन गरेपछि थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री संसद् विघटन गर्न अघि बढेको उनको पार्टीले बुधबार जानकारी गराएको छ ।
गत हप्ता संवैधानिक अदालतले कम्बोडियासँगको सीमा विवाद सम्हाल्ने क्रममा प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदच्यूत गरेपछि सरकारको नेतृत्वमा रिक्तता सिर्जना भएको थियो । यसपछि विभिन्न गुटबीच उहाँको उत्तराधिकारी खोज्ने सङ्घर्ष चर्किएको थियो ।
अझै कार्यवाहक सरकारको भूमिकामा रहँदै फेउ थाई पार्टी प्रधानमन्त्रीका लागि आफ्नै उम्मेदवारलाई समर्थन गर्नुपर्ने अवस्थामा विपक्षी पिपुल्स पार्टीलाई सहयोग गर्ने निर्णयमा पुगेको थियो । तर पिपुल्स पार्टीले यसको सट्टा रूढिवादी व्यापारी अनुतिन चार्नविराकुललाई समर्थन गर्ने घोषणा गर्यो ।
यस घोषणा केही क्षणमै फेउ थाई महासचिव सोरावोङ थिएन्थोङले कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइले ‘सदन विघटनको आदेश पेस गरेको’ बताउनुभयो । थाई संविधानअनुसार राजाले संसद् विघटनलाई स्वीकृति दिएपछि ४५ देखि ६० दिनभित्र नयाँ चुनाव हुनुपर्ने प्रावधान छ ।
फेउ थाई पार्टी सिनावात्रा परिवारको चुनावी प्लेटफर्म हो, जसले दुई दशकदेखि राजतन्त्र समर्थक र सैन्य समर्थक अभिजात वर्गसँग सत्ताको सङ्घर्ष गर्दै आएको छ । तर विश्लेषकहरूका अनुसार उनीहरूको प्रभाव क्रमशः घट्दै गएको छ र सत्तामा टिकिराख्न कठिनाइ भएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया