जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ अन्तिममा

काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ । पार्टीका केन्द्रीय प्रवक्ता डा शरद् सिंह यादवले उक्त बैठक तथा प्रशिक्षण भदौ ३० गतेदेखि आगामी असोज ५ गतेसम्म सञ्चालन हुने जानकारी दिए।
बाँकेबाट सुरु हुने समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना हुने प्रवक्ता यादवले बताए । उनका अनुसार सो कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा जयकान्त राउत र परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरूको उपस्थिति हुनेछ ।
प्रवक्ता यादवले आज बैठकबारे सूचना जारी गर्दै अनिवार्य रूपमा तीन पटक बैठक बसेको विस्तृत जानकारी भएको विवरणको फोटोकपीसहित उपस्थित हुन सङ्गठन विभाग प्रमुख, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका प्रमुख, वडाध्यक्षलगायत सबैलाई अनुरोध गरे ।
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया