पहिरो प्रभावित बस्तीमा वाईसीयलद्वारा राहत वितरण र श्रमदान

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा वाईसीएल नेपालको अगुवाइमा राहत वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संघीय सांसद हित बहादुर तामाङ, नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताहरू, वाईसीएल का केन्द्रीय अध्यक्ष पुष्प ओली, बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित, वाईसीएल नुवाकोट अध्यक्ष जलन गजुरेल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै, स्थानिय वार्ड सरकार, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सर्वसाधारण स्थानीयबासीको सहभागिता रहेको थियो।
प्रभावित परिवारलाई राहतस्वरूप त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङकेट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
साथै, पहिरोका कारण बस्ती–बस्तीबीच आवतजावतमा समस्या भएकाले वाइसीएल नेपालको नेतृत्वमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरी आवागमन सहज बनाउन सहयोग गरिएको थियो ।



















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया