पहिरो प्रभावित बस्तीमा वाईसीयलद्वारा राहत वितरण र श्रमदान

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका–१ अन्तर्गत बुलबुले, काउले र सेम्राङका पहिरो प्रभावित बस्तीमा वाईसीएल नेपालको अगुवाइमा राहत वितरण तथा श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संघीय सांसद हित बहादुर तामाङ, नेकपा (माओवादी केन्द्र)का नेता–कार्यकर्ताहरू, वाईसीएल का केन्द्रीय अध्यक्ष पुष्प ओली, बागमती प्रदेश अध्यक्ष नरेश रञ्जित, वाईसीएल नुवाकोट अध्यक्ष जलन गजुरेल लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। साथै, स्थानिय वार्ड सरकार, अन्य जनप्रतिनिधि, पार्टी प्रतिनिधि र सर्वसाधारण स्थानीयबासीको सहभागिता रहेको थियो।
प्रभावित परिवारलाई राहतस्वरूप त्रिपाल, खानेपानी जार, लत्ता–कपडा, ब्ल्याङकेट, म्याट्रेस सहित नगद एक लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
साथै, पहिरोका कारण बस्ती–बस्तीबीच आवतजावतमा समस्या भएकाले वाइसीएल नेपालको नेतृत्वमा श्रमदानमार्फत गोरेटो बाटो निर्माण गरी आवागमन सहज बनाउन सहयोग गरिएको थियो ।












कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
जनकपुरधाममा सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
आजका लागि सागसब्जी र फलफूलको मूल्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया