गणपूरक सङ्ख्या नपुग्दा पशु चिकित्सा विधेयक अगाडि बढेन

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत हुन सकेन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सो प्रस्ताव पेस गरेका थिए ।
सभामुख देवराज घिमिरेले उक्त प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक सङ्ख्या यकीन गर्न माग गरे । सभामुख घिमिरेले तीन मिनेट जनाउ घण्टी बजाइ सङ्ख्या यकीन गर्दा ४९ जना मात्रै सांसद उपस्थित थिए।
नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव पारित गर्न कूल सदस्य सङ्ख्याको एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ । तर, गणपूरक सङ्ख्या यकीन गर्दा ४९ जना मात्रै उपस्थित भएका कारण सो प्रस्ताव स्वीकृत हुन सकेन ।
त्यसअघि कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले पशु चिकित्सा व्यवसायलाई परिभाषित गर्दै पशु चिकित्सक र निज अध्ययन गर्ने शैक्षिक संस्थाको नियमनलाई थप स्पष्ट पार्न खोजिएको जानकारी दिनुभयो । उनले भने, “ऐनको क्षेत्राधिकारमा पशु चिकित्सक र पशु चिकित्सा अध्ययन गर्ने शैक्षिक संस्थाको नियमन रहेको छ । योग्यता नै नपुगीकन पशुको सर्जरीजस्ता गम्भीर कार्य गर्नेजस्ता कार्य भएकाले पशु कल्याणका विषयलाई सुनिश्चित गर्न खोजिएको छ ।”
यो ऐनले पशुपालन वा पशु विज्ञान अध्ययन गरेका पशु चिकित्सक बाहेकका अन्य प्राविधिक वा विशेषज्ञ जनशक्तिलाई नियमन नगर्ने बताउँदै मन्त्री अधिकारीले पशुपालक किसानले गुणस्तरीय सेवा उपभोगको संवैधानिक हकलाई सुनिश्चित गर्न खोजिएको बताए। उनले पशुको निरोगिता प्रमाणपत्र, मानव स्वास्थ्यलाई असर पर्ने काम यस विधेयकले नियन्त्रण गर्ने उल्लेख गरे ।
फरक एक प्रसङ्गमा उहाँले दूध किसानलाई चाँडै बक्यौता भुक्तानी गर्ने दिशामा सरकार रहेको जानकारी दिनुभयो । विधेयकमाथिको छलफलमा माधव सापकोटा, दामोदर पौडेल वैरागी, कान्तिका सेजुवाल, मैना कार्की, प्रतिमा गौतम, सराज अहमद फारुकी, प्रेम सुवाल, हितराज पाण्डे, मंगलप्रसाद गुप्ता, जावेदा खातुन जागा, रमा कोइराला पौड्याल, सरस्वती सुब्बा, रणकुमारी बलम्पाकी मगर, बिजुला रायमाझी, प्रेमबहादुर महर्जन र महेश कुमार बर्तौला सहभागी थिए ।
बैठकमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाए । यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे । प्रतिनिधिसभाको अर्को बैठक १९ गते बिहीबार दिनको १ बजे बस्नेछ ।














पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया