नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि
मेरोन्यूज
२०८२ भदौ १९ गते १०:२६

काठमाडौँ। नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारदेखि बबरमहलस्थित नेपाल कला परिषद्को प्राङ्गणमा आयोजना हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुहुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
नेपाल पर्यटन बोर्ड र परिषद्ले काठमाडौँ उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा आयोजना गर्ने महोत्सव आगामी असोज १० गतेसम्म जारी रहने छ ।
परिषद्का अनुसार मुलुकको विशिष्ट सांस्कृतिक वैभव र धरोहरहरूलाई चित्रकलाका माध्यमबाट प्रस्तुत गरिएको महोत्सवमा नाम चलेका चित्रकारहरुका सृजना समावेश छन् । इन्द्रजात्राको अवसर पारेर आयोजना गरिएको महोत्सवमा काठमाडौँ उपत्यकाका सम्पदा, कला, संस्कृति झल्काउने सामग्री पनि समावेश गरिएका परिषद्ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित














स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया