गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध
मेरोन्यूज
२०८२ भदौ १९ गते १०:३४

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा राति पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
यसअघि गगने खोलामा गएको पहिरोले चार दिन कर्णाली राजमार्ग अवरुद्ध भएको थियो। बुधबार राति गगने खोलामा पुन पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
ठुलो पहिरो झरेकाले राजमार्ग सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ। यसअघि शनिबार गएको पहिरो मंगलबार दिउँसो मात्र सेनाले पन्छाएको थियो।
राजमार्ग अवरुद्ध हुँदा मालबाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन्। यात्रुसमेत अलपत्र परेका छन्
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया