मंगलबार, वैशाख ८, २०८३

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध

मेरोन्यूज २०८२ भदौ १९ गते १०:३४

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा राति पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

यसअघि गगने खोलामा गएको पहिरोले चार दिन कर्णाली राजमार्ग अवरुद्ध भएको थियो। बुधबार राति गगने खोलामा पुन पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

ठुलो पहिरो झरेकाले राजमार्ग सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ। यसअघि शनिबार गएको पहिरो मंगलबार दिउँसो मात्र सेनाले पन्छाएको थियो।

‎‎राजमार्ग अवरुद्ध हुँदा मालबाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन्। यात्रुसमेत अलपत्र परेका छन्

प्रतिक्रिया