न्वागी पर्वकाे अवसरमा राक्सिराङ्गमा ३ दिन सार्वजनिक बिदा

हेटौंडा । – चेपाङ समुदायको सांस्कृतिक महान पर्व छोनम न्वागी (नवाङ्गी) को अवसरमा राक्सिराङ्ग गाउँपालिकाले यस वर्ष पनि ३ दिन सार्वजनिक बिदा दिने भएको छ ।
पालिकाले एक सूचना जारी गर्दै भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाले जारी गरेको सूचनामा सो अवधिभर शिक्षण संस्था तथा सरकारी कार्यालयहरू बन्द रहने उल्लेख गरिएको छ । साथै, उक्त पर्वका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हर्षोल्लासका साथ पर्व मनाउन आग्रह गरिएको छ ।
राक्सिराङ्ग गाउँपालिकाले विगतका वर्षहरूमा समेत प्राथमिकताका साथ न्वागी पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ । यस गाउँपालिकामा चेपाङ समुदायको बाक्लो बसोबास रहेको छ ।
नयाँ अन्नबाली र फलफूल पाकेपछि यो पर्व मनाउने परम्परा छ । पर्वका अवसरमा घैयाँ धानको चामल, पिँडालु, निबुवा लगायत फलफूलले भूमिलाई पूजा गर्ने, पितृलाई चढाउने परम्परा रहिआएको छ।
नयाँ अन्न पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक विश्वास चेपाङ समुदायमा रहिआएको छ । त्यसैका लागि झाक्री (पाण्दे) हरूले ढ्याङ्ग्रो ठटाउँदै कुखुराको बली दिने परम्परा छ । यस दिनलाई चेपाङहरूले ‘वारना’को रूपमा मनाउने गर्छन् ।
सो अवसरमा छरछिमेकी र नातागोता निम्त्याई सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने परम्परा रहेको छ । चेपाङहरूले यस पर्वलाई ‘पान्देई घ्यासा’ पनि भनी सम्बोधन गर्ने गर्दछन् । भेलामा ढ्याङ्ग्रो बजाउने, टीका लगाउने र आपसमा आशीर्वाद थाप्ने परम्परा अझै जीवित छ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
आज वैशाख ८ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया