‘दोधारा-चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ’: गृहमन्त्री लेखक

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले दोधारा-चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन् ।
आज नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा-चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रूपमा शिलान्यास गर्ने बताएका हुन् ।
“दोधारा-चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ,” उनले भने, “यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।” उनले दोधारा–चाँदनीमा पछिल्लो समय विकासले तीव्रता पाएको बताए ।
कुनै बेला आकाशमा बादल देख्ने बित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोग बुढा नदीमा बाँध बनेपछि सुरक्षित बनेको उनको भनाइ छ । “महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन्”, गृहमन्त्री लेखकले भने, “जोग बुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।”
उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली काँग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि काँग्रेसले गर्नुपर्ने धारणा राखे । गणतान्त्रिक शासन व्यवस्था सुदृढ गर्न काँग्रेसको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । वर्तमान सरकारले नीतिगत र कानुनी सुधार गरेको उल्लेख गर्दै उनले यसमा कर्मचारीको ठूलो सहयोग रहेको बताए ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया