शिक्षासहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा संसदीय समितिका बैठक बस्दैछन् । सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे कानून समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसद सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः ५३ बालिकाको मृत्यु
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
चुनावका दिन एम्बुलेन्ससहित यी आठ प्रकारका सवारी साधनलाई पास नचाहिने
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
चुनावको मुखमा सिंगापुर उडे पूर्वसभापति देउवा
आज बिहीबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
प्रतिक्रिया