गाजा सहर खाली गर्न इजरायली सेनाको आग्रह

इजरायली सेनाले उत्तरी गाजामा नियोजित विस्तारित सैन्य कारबाही अघि मङ्गलबार बिहान गाजा सहरलाई पूर्ण रूपमा खाली गर्न आग्रह गरेको छ । हालको लडाइँमा सहर पूर्ण निकासीका लागि दिइएको यो पहिलो चेतावनी हो । यसैबीच, रक्षामन्त्री इजरायल काट्जले मङ्गलबार इजरायलले गाजामा ३० वटा अग्ला भवन ध्वस्त पारेको बताए ।
ती भवनलाई हमासले सैन्य पूर्वाधारका रूपमा प्रयोग गरेको आरोप छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार कम्तीमा ५० वटा ‘आतङ्ककारी टावर’ नष्ट गर्ने योजना रहेको बताएका थिए । पछिल्ला दिनहरूमा इजरायलले गाजा सहरका थुप्रै अग्ला भवनहरू भत्काएको छ, जसमा हमासले निगरानी पूर्वाधार स्थापना गरेको दाबी गरिएको छ ।
गाजा सहरका केही भागबाट दक्षिणतर्फ तोकिएको मानवीय क्षेत्रमा जान आग्रह गर्दै इजरायलले हमासको अन्तिम गढ मानिएको क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने उद्देश्यसहित आक्रमणलाई तीव्र पारेको छ । गाजा सहर क्षेत्रमा करिब १० लाख प्यालेस्टिनी रहेका छन्, तर चेतावनी आउनुअघि केवल सानो अंश मात्र त्यहाँबाट बाहिरिएको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया