मंगलबार, वैशाख ८, २०८३

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

मेरोन्यूज २०८२ भदौ २६ गते ९:१२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने भएकाे छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदामा कटौती गर्नेगरी विश्वविद्यालयले लामो बिदा दिने सूचना सार्वजनिक गरेको हो।

Advertisement
NiccNicc

विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले यस्ताे सूचना जारी गरेकाे हाे ।

यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिएर विश्वविद्यालयले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाएको हो।

प्रतिक्रिया