नेपाली सेना द्वारा भ्रामक र झुट्टा समाचारमा विश्वास नगर्न आग्रह
मेरोन्यूज
२०८२ भदौ २७ गते १०:०४

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमा रहेका भ्रामक समाचार लाइ बेवास्था गर्न आग्रह गरेका छन् ।
शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले भनेको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ ।’सेनाले अगाडि थपेको छ, ‘तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणाहरूमा नेपाली सेना आग्रह गर्दछ ।’
विहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको सक्रियताबारे अनेकौं हल्लाहरू फैलिएका थिए । त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।


सम्बन्धित
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया