प्रधानमन्त्री कार्कीप्रति प्रमुख सल्लाहकार युनुसको शुभकामना

काठमाडौँ । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले श्री सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा आज एक शुभकामना सन्देश पठाएर उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु तपाईंप्रतिको नेपाली जनताको भरोसा एवं विश्वास हो भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।
परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हालेका प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
साथै उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया