नेपालगञ्जकाे बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

नेपालगञ्ज (बाँके)। जिल्लाका दुई बालसुधारगृह र एउटा कारागारबाट भागेका तीन सय ४२ बालबन्दी र कैदीबन्दीमध्ये हालसम्म ४८ जना पक्राउ परेका छन् । प्रहरीले दुई सय ९४ जना अझै फरार रहेकाले खोजी भइरहेको जनाएको छ ।
जिल्लाको वैजनाथ गाउँपालिकास्थित नौवस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बालसुधारगृहबाट भागेका १९५ बालबन्दीमध्ये ३५ जना पक्राउ परेको तथा नौवस्ता कारागारबाट भागेका १४७ कैदीबन्दीमध्ये १३ जना पक्राउ परेको बालसुधारगृह र नौवस्ता कारागारले जनाएको छ । डुडुवास्थित जयन्दु बालसुधार गृहका प्रमुख किशोर शर्माले जेनजीको प्रदर्शनका बेला सुधारगृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेकामा २१ जना पक्राउ परेका छन्।
अझै ९४ जनाको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । नौवस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले सुधारगृहमा रहेका १७२ बालबन्दीमध्ये ८० जना भागेकामा १४ जना पक्राउ परेको उल्लेख गर्नुभयो । बाँकेबाट छ र दाङको लमहीबाट आठ जना पक्राउ परेको उहाँको भनाइ छ । सो सुधारगृहका ६५ जना बालबन्दीको खोजी भइरहेको छ ।
नौवस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अहिलेसम्म १३ जना पक्राउ परेको तथा १३४ जनाको खोजी भइरहेको कारागारका प्रमुख जालन्धर भुसालले जानकारी दिए ।
सो कारागारमा ५८५ जना कैदी बन्दी थिए । पक्राउ परेका ४८ जनामध्ये केही आफैँ फर्किएका र अधिकांशलाई खोजी गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अझैँ पनि फरार रहेका बालबन्दी र कैदीलाई फर्किन अनुरोध गरिएको जनाउँदै नफर्किए खोजी गरी पक्राउ गरिने प्रहरीले जनाएको छ ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया