पाकिस्तानमा सैनिक कारबाहीमा १० आतंककारीको मृत्यु

पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतंककारी) मारिएका छन् ।
पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो ।
विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका भनिएको छ ।
अभियानको क्रममा सैनिक र सशस्त्र समूहबीच भएको तिव्र गोलीबारीमा दुबै पक्षका थुप्रै जनाले ज्यान गुमाएका छन् ।
अधिकारीहरूले उक्त क्षेत्रमा सशस्त्र समूहहरूको उपस्थिति पूर्णरूपमा समाप्त गर्नका लागि थप सुरक्षा अभियानहरू जारी रहने भनेका छन् ।
पाकिस्तानी सुरक्षा बलहरू देशभर सशस्त्र समूहको समाप्ति गर्दै राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृढ सङ्कल्पमा रहेको आईएसपीआरले जोड दिएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
प्रतिक्रिया