पाकिस्तानमा सैनिक कारबाहीमा १० आतंककारीको मृत्यु

पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतंककारी) मारिएका छन् ।
पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो ।
विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका भनिएको छ ।
अभियानको क्रममा सैनिक र सशस्त्र समूहबीच भएको तिव्र गोलीबारीमा दुबै पक्षका थुप्रै जनाले ज्यान गुमाएका छन् ।
अधिकारीहरूले उक्त क्षेत्रमा सशस्त्र समूहहरूको उपस्थिति पूर्णरूपमा समाप्त गर्नका लागि थप सुरक्षा अभियानहरू जारी रहने भनेका छन् ।
पाकिस्तानी सुरक्षा बलहरू देशभर सशस्त्र समूहको समाप्ति गर्दै राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने दृढ सङ्कल्पमा रहेको आईएसपीआरले जोड दिएको छ ।















कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
११ सहसचिवको सरुवा, काे कहाँ? (सूचीसहित)
झापामा कलेज बस दुर्घटना हुँदा ४ जना घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
प्रतिक्रिया