कञ्चनपुर कारागारमा फर्किए २३९ कैदी
मेरोन्यूज
२०८२ भदौ ३० गते १२:१६

कञ्चनपुर । जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका २३९ कैदीबन्दी फिर्ता भएका छन् । कारागार कार्यालय कञ्चनपुरका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार फिर्ता हुनेमा २२७ पुरुष र १२ महिला कैदीबन्दी रहेका छन् ।
कारागारमा रहेका २८ जना भारतीय कैदीबन्दीमध्ये १० जनालाई मात्रै प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै १८ जना भारतीय कैदीबन्दी फरार रहेका छन् । कारागारमा ४७९ कैदीबन्दी रहेका थिए । जसमध्ये लागूऔषधका मात्रै १६९ जना रहेका छन् ।
“कारागारबाट बाहिरिएकामध्ये केही कैदीबन्दीहरू सम्पर्कमा रहेका छन्,” निमित्त प्रशासक जोशीले भने, “तीन दिनभित्र कारागारमा फिर्ता आउने अश्वासन दिएका छन्, सम्पर्कमा नआएका कैदीबन्दीको खोजीका लागि प्रहरीले खोजतलासको कार्य गरिरहेका छन् ।”
सम्बन्धित












Baglung adds 5,253 new voters for this poll
सेयर बजारमा सामान्य अंकको सुधार
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
NC leadership urged to take ownership of Special General Convention
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया