आज २०८२ साल असोज १ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८२ साल असोज १ गते बुधबार। कन्या संक्रान्ति। आश्विन कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १७ तारिख। सोह्र श्रद्धको एकादशी श्राद्ध। इन्दिरा एकादशी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : सामाजिक मेलजोल बढ्नेछ तर मन अशान्त रहनेछ। व्यापारी वर्गलाई व्यापारमा लाभको स्थिति बनिरहेको छ। कार्यक्षेत्रमा सहयोगी वर्गसंग मनमुटाव रहन सक्छ। हातमा आएको अवसर नगुमाउनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष :धैर्य व पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। नयाँ इन्टरभ्यु आदिको लागि दिन राम्रो छ। शत्रुहरू बढ्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : आज तपाईंको बोलि नै सबैभन्दा ठूलो शत्रु बन्न सक्छ सावधान रहनुहोस्। कुनै पनि कुरालाई लिएर एउटा धारणा नबनाउनुहोस्। धनमा वृद्धि हुनेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
कर्कट : आज उत्साह र उमंगमा वृद्धि देखिएको छ। सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाटको योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : खर्चमा नियन्त्रण गर्नुहोस्। सकेसम्म ठूलो कार्यहरूमा हात नहालौं। आँटेको कार्यमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : आयमा वृद्धिका योग बनिरहेका छन्। कर्यक्षेत्रमा सक्रियता बढ्नेछ। पुलिस वा आर्मी क्षेत्रबाट हुनुहुन्छ भने कुनै ठूलो कार्य सम्पन्न हुन सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
तुला : मेहनत अनुसार फल प्राप्तिको योग छ। भाग्यको विश्वास गरेर पुरुषार्थ गर्न नचुक्नुहोस्। लामो समयदेखि निलम्बित कार्य प्रारम्भ हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : धर्मकर्ममा सजिलै मन जानेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ साथै आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
धनु :धेरै सोच्नु आज तपाईंको स्वास्थ्यको लागि हानिकारक हुन्छ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। वैदेशिक रोजगारका नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मकर : आज व्यापार वृद्धिको योग रहेको छ। साझेदारी व्यापारमा विशेष लाभ मिल्नेछ। निर्णय लिने क्षमता राम्रो देखिएको छ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ : जिवनसाथीको स्वास्थ्यलाई लिएर विशेष ख्याल राख्नुहोस्। चिसोबाट जोगिने प्रयास गरौं र कुनै पनि मादक पदार्थको सेवन नगरौँ। आलस्यलाई छोडेर कार्य गर्नुभयो भने सफलताका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।
मीन :भावनामा बगेर कुनै पनि कार्य नगर्नुहोस् साथै कुनै पनि निर्णय लिँदा बुद्धिको प्रयोग गरौं। प्रेम सम्बन्धमा सुधारका योगहरू रहेका छन्। अरुको कुरा सुनेर कार्यक्षेत्रमा नयाँ निर्णय नलिनुहोस्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ४ रहेको छ।
















१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
फोहरबाट मोहरः व्यासले कमायो १७ लाख
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया