प्रतिगामीहरूले व्यवस्था उल्टाउन खोज्दैछन्, सचेत बनौैँः मुख्यमन्त्री कँडेल

कर्णाली, १ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पछिल्लो समय प्रतिगामीहरू गणतन्त्र उल्टाउन दुष्प्रयासमा लागेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरेन्द्रनगर कमिटीद्वारा आज सुर्खेतमा आयोजित भेलामा उहाँले ७० वर्ष लामो सङ्घर्षपछि ल्याइएको गणतन्त्र र संविधानमाथि प्रहार गर्न थालेकाले नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति नयाँ मोडतर्फ गएको र संविधान अर्धमृत अवस्थामा पुगेको भन्दै नागरिकस्तरबाटै होसियार रहनुपर्ने बताउनुभयो । “सात दशकको त्याग, बलिदान र सङ्घर्षपछि ल्याइएको संविधान समस्यामा छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरूरी छ”, उहाँले भन्नुभयो, “सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्था कार्यान्वयनमा कमजोर देखिएका कारण यो अवस्था आएको हो । अब सबै सुध्रिनुपर्छ ।” पार्टी कार्यकर्तालाई जनस्तरमा मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन आह्वान गर्दै कँडेलले व्यक्तिगत विषयभन्दा परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान दिवसलाई विशेष रूपमा मनाउनुपर्ने बताउनुभयो । —














कञ्चनपुरमा महिला मतदाता बढी
राष्ट्रिय सभाको १९औँ अधिवेशन : बोहराको निधनमा प्रस्ताव पारित
राष्ट्रिय सभा सदस्यबाट नारायणकाजी, वामदेव र भगवतीले दिए राजीनामा
ग्रिनल्यान्ड मुद्दामा ट्रम्पको कदम : ८ युरोपेली देशमा अमेरिकी भन्सार लागू हुने संकेत
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया