हमासले सार्वजनिक गर्यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्वीर’

काठमाडौं ।हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ले शनिबार आफ्नो टेलिग्राम च्यानलमार्फत गाजामा रहेका ४८ जना बन्दीहरूको तस्बिर सार्वजनिक गरेको छ। जसमा नेपालका विपिन जोशीको तस्वीर पनि राखिएको छ ।
हमासले जारी गरेको विज्ञप्तीमा इजरायलको निरन्तर स्थलगत र हवाई आक्रमणका कारण बन्दीहरूको जीवन संकटमा परेको दाबी गरिएको छ।सार्वजनिक तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूलाई ‘रोन अराड’ शीर्षकमा देखाइएको थियो। यो नाम १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका एक अधिकारीसँग जोडिएको मानिन्छ।
इजरायली अधिकारीहरूले अझै करिब २० जना बन्दी जिउँदै गाजामा रहेको विश्वास व्यक्त गरेका छन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितहरूको संख्या अझै कम हुन सक्ने बताएका छन्।
शनिबार हामासले दिएको उक्त धम्कीपछि हजारौँ इजरायलीहरू पुनस् तेल अभिभ र अन्य सहरका सडकमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले तत्काल युद्ध अन्त्य गरेर बन्दीहरूको सुरक्षित फिर्तीको माग गरेका छन्।
यसअघि हामासले दुई जना इजरायली बन्दीको भिडियो सार्वजनिक गरेको थियो। त्यसको करिब एक महिना अघि दुईजना कुपोषित बन्दीहरूको अर्को भिडियो प्रसारण गरिएको थियो, जसमा एकलाई आफ्नै चिहान खन्न बाध्य बनाइएको देखाइएको थियो।
यी तस्वीरहरूले बन्दीका परिवारहरू, इजरायली सरकारी अधिकारीहरू, अमेरिकाका अधिकारीहरू र अन्य इजरायली सहयोगीहरूबीच आक्रोश उत्पन्न गरेको थियो।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया