चाडपर्वमा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ

चितवन । चाडपर्वको समयमा हुन सक्ने चोरीसिकारीलाई मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ गरिएको छ ।
कामका सिलसिलामा विदेश वा जिल्ला बाहिर रहेका व्यक्तिहरु आउने क्रम बढेसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिने गर्दछ । यही समयमा तस्करीहरुले योजना बनाउन सक्ने भएकाले निकुञ्जको सुरक्षालाई आकलन गरी सुरक्षा व्यवस्था कडाइ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्ज क्षेत्र भित्रका ३२ वटा सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । उनले भने, “चाडपर्वको समयमा हुन सक्ने सम्भावित चोरीसिकारीलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ ।” चाडपर्व लक्षित सुरक्षाका लागि हात्ती, पैदल, छोटो तथा लामो दुरीको गस्ती गरिने छ ।
निकुञ्ज भित्रका ५७ वटा पोष्टहरुलाई सक्रिय बनाइएको उनले जानकारी दिए । उनले भने, “चेकपोष्ट र निकुञ्ज क्षेत्रमा बसोबास गर्ने सबैलाई चनाखो रहन आग्रह गरिएको छ ।” वन्यजन्तु संरक्षणका लागि बनाईएका समुदाय स्तरका क्लबहरुलाई सचेतना जगाइएको उनले जानकारी दिए ।
९५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा हरेक वर्ष चाडपर्वको समयमा तस्करहरु आउने गरेकाले यस वर्ष उच्च सतर्कता बढाइएको उनले बताए ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया