टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित परिवारले जनता आवास कार्यक्रममार्फत घर पाएका हुन् ।
गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए । टहरामा त्रिपाल हालेर वषौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ ।‘गरिबीका कारण घर बनाउन नसक्दा पुस्तौँबाट टहरामा त्रिपाल टागेर बसेका थियौँ’, उनले भने, ‘वर्षात तथा जाडोको समयमा जीवनयापन गर्न कष्टकर थियो । घर बनेपछि हामीलाई सहज भएको छ ।’
खुला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएको अवस्थामा राज्यले घर बनाइ दिएकाले दैनिकी चलाउन सहज भएको स्थानीय फुलमाया विश्वकर्माले बताइन् । ‘घर बनेसँगै अहिले दैनिकी नै फेरिएको छ’, उनले भनिन्, ‘गरिबीका कारण जीवन निकै कष्टकर थियो । घर बनाएर बस्न सक्ने अवस्था थिएन । राम्रो आम्दानीको स्रोत नहुँदा दैनिक ज्यालादारी गर्नुपर्ने अवस्था छ । सरकारले घर बनाइदिएपछि जीवन गुजारा गर्न सहज बनेको छ । घर पाउँदा निकै खुसी लागेको छ ।’घर नहुँदा चिसोका कारण दैनिक जसो बालबच्चा बिरामी हुने गरेको भए पनि अब त्यस्तो समस्याको अन्त्य भएको विश्वकर्माले बताए । सरकारले आर्थिक अवस्था कमजोर भएका घरविहीन दलित परिवारको पहिचान गरेर घर निर्माण गरिएको हो ।
सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाबाट आएको बजेटमार्फत विपन्न परिवारको घर निर्माण गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए ।
एक परिवार बराबर तीन लाख ३६ हजार लगानीमा घर निर्माण भएको वडाध्यक्ष माङ्गपाहाङ्गको भनाइ छ ।
यी घर निर्माण सम्पन्न भए पश्चात पुनःअन्य तीन विपन्न परिवारको आवश्यक प्रक्रिया पूरा गरेर पठाएकोमा हालसम्म बजेट प्राप्त नभएको उनले जानकारी दिए ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया