झापाबाट फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

झापा। विर्तामोड, दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएपछि तीन कार्यालयको हिरासतमा रहेका ९२ जना थुनुवा फरार भएका थिए ।
फरार भएकामध्ये एक जना थुनुवा आफैँ सम्पर्कमा आएको र बाँकीको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताउनुभयो । जेनजी आन्दोलनका क्रममा विर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयबाट ५१ जना, दमक इप्रकाका ३६ जना र झिलझिले इप्रकाका पाँच जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विर्तामोड र दमकको इलाका प्रहरी कार्यालयबाट लुटिएका हतियार भने अधिकांश फिर्ता भएका छन् । प्रहरीका अनुसार लुटिएका ९९ थान हतियारमध्ये ७५ थान सकुशल फिर्ता भइसकेका छन् भने २४ थान हतियार अझै फिर्ता भएको छैन ।
फिर्ता भएका हतियारमध्ये एसएलआर ११ थान, इन्सास राइफल २६ थान, थ्रीनटथ्री राइफल १८ थान, सट गन पाँच थान, ग्यास गन छ थान, रिभल्भर छ थान र एसएमजी तीन थान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार थुनुवा र लुटिएका हतियारको खोजतलास तीव्र रूपमा भइरहेको सूचना अधिकारी खड्काले बताए ।


















यस्तो छ आज तरकारीको थोक मूल्य
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
पहाड र हिमालमा बादल, तराईको मौसम सफा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया