आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कती ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खदिरदर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर १७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ चार पैसा र बिक्रीदर १०२ रुपैयाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिदर ११० रुपैयाँ र बिक्रीदर ११० रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ दुई पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ आठ पैसा र बिक्रीदर १५ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २९ पैसा र बिक्रीदर २२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुयैयाँ ८० पैसा र बिक्रीदर ३६८ रुपैयाँ ३६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया