ह्युन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’ : धनगढीका अभिषेक बने १० लाख जित्ने पहिलो ग्राहक

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर ‘दशैं तिहार, १० गुणा उपहार’ अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ ।
धनगढीका अभिषेक चौधरीले ह्युन्डाई क्रेटा खरिद गरी स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँ जित्ने पहिलो भाग्यशाली ग्राहक बन्न सफल भएका छन् । कम्पनीले चौधरीलाई विजेता घोषित गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ ।
गत भदौ २ गतेदेखि सुरु भएको यो अफरअन्तर्गत ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट, १० लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, एक वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी, हरेक ह्युन्डाई गाडीमा तीन वर्षको वारेन्टी र छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
ह्युन्डाई नेपालले सम्पूर्ण ग्राहकलाई नजिकको शोरुममा गइ ‘दशैं तिहार, १० गुणा उपहार’ अफरको लाभ लिन आमन्त्रण गरेको छ ।
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया