जेनजी प्रदर्शनका क्रममा कामपामा ६३ लाखको क्षति

काठमाडौँ। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिकाले रु ६३ लाखको क्षति भएको छ । कामपाका सहायक प्रवक्ता ध्रुव काफ्लेका अनुसार कामपा-३२ को वडा कार्यालय भवन अधिक क्षति भएको छभने वडा १३ मा आंशिक क्षति भएको छ ।
कामपा-३२ मा सबैभन्दा बढी क्षति पुगेकाले हालसम्म पनि कार्यालयबाट नागरिकलाई सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनुभयो । सहायक प्रवक्ता काफ्लेका अनुसार कामपा-६ को वडा कार्यालय, वडा नं ७ मा आंशिक रूपमा क्षति भएको छ । बग्गी खानामा रहेको नगरप्रहरी बिट पूर्ण रूपमा क्षति भएको बताउँदै उहाँले मीनभवनस्थित नगरप्रहरीको पूर्व क्षेत्रमा रहेको कार्यालय पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिए ।
कामपाले प्रदर्शनका क्रममा क्षति भएका र मर्मत गरेर सञ्चालन गर्न सकिने कार्यालयहरूको सरसफाइ, मर्मत र रङरोगनको काम गरिरहेको प्रवक्ता काफ्लेले बताए । उनका अनुसार प्रदर्शनका क्रममा टुटफुट भएका विद्युतीय सामग्रीहरू खरिद गर्ने काम पनि आवश्यकताअनुसार भइरहेको छ । कामपा-३२ वडा कार्यालयबाट कहिले नागरिकलाई सेवा प्रदान गर्न सकिन्छ भन्ने विषय अझै अन्यौल रहेको उहाँले जानकारी दिए ।


















पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज वैशाख ३ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया