मेलामा घुम्ने क्रममा झुला भाँचियाे, फसेको ५६ जनाको उद्दार
मेरोन्यूज
२०८२ असोज ११ गते ११:५१

जनकपुर ।जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेको ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । शुक्रबार राति माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको सो मेलामा घुम्ने क्रममा झुला भाँचिएको थियो ।
नेपाली सेनाको अगुवाइमा सुरक्षा निकायका अन्य अङ्गहरुको समेत प्रयासमा फसेका सबैको सकुशल उद्धार गरेको हो । विजयादशमीमा महावीर युवा युवा कमिटी, श्रीराम युवा कमिटीसहितको व्यवस्थापनमा जनकपुरधामको सो क्षेत्रमा मेला लाग्ने गरेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका जेसिबी तथा क्रेनको सहायताले फसेका सबै व्यक्तिहरुको सकुशल उद्धार गरिएको यहाँस्थित नेपाली सेनाले जनाएको छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया