आणविक कूटनीति असफल भएपछि इरानमाथि संयुक्त राष्ट्रसङ्घका प्रतिबन्ध लागु हुने सम्भावना

इरानसँग गरिएको आणविक सम्झौतामा अपेक्षित प्रगति नदेखिएको भन्दै संयुक्त राष्ट्रसङ्घले एक दशकपछि पुनः प्रतिबन्ध लगाउने तयारी गरेको छ । यदि अन्तिम समयमा कुनै विशेष सहमति नजुटेमा, शनिबार राति ८ बजेदेखि प्रतिबन्ध प्रभावमा आउनेछ । युरोपेली मुलुकहरूले इरानले पारदर्शिता नदेखाएको र आफ्नो आणविक कार्यक्रमबारे स्पष्ट जानकारी नदिएको भन्दै ‘स्वतः लागु हुने प्रतिबन्ध प्रक्रिया’ सुरु गरिसकेका छन् ।
हालै इरानले अन्तर्राष्ट्रिय निरीक्षकहरूलाई आफ्नो आणविक स्थलहरूमा पुनः प्रवेश गर्न अनुमति दिएको भए पनि पश्चिमी राष्ट्रहरूले त्यसलाई पर्याप्त मान्न सकेका छैनन् । यी प्रतिबन्धले इरानको आणविक तथा मिसाइल विकासमा संलग्न व्यक्ति, संस्था र कम्पनीहरूसँग विश्वव्यापी व्यापारमा रोक लगाउनेछ । इरानी राष्ट्रपति मसुद पेजश्कियानले भन्नुभयो,“यदि पश्चिमी राष्ट्रहरूको उद्देश्य साँचिकै आणविक चिन्ता समाधान गर्नु हो भने त्यसका लागि संवादको ढोका अझै खुला रहेको बताउनुभयो । तर उहाँले केही मुलुकहरूले इरानको शासन परिवर्तन गर्ने रणनीति अपनाइरहेका आरोप लगाए ।”
रुस र चीनले प्रतिबन्ध स्थगन गर्न सुरक्षा परिषद्मा प्रस्ताव राखे पनि आवश्यक समर्थन नपाएपछि ती प्रयास सफल भएनन् । रुसले भने प्रतिबन्धलाई मान्यता नदिने स्पष्ट सङ्केत दिएको छ । विश्लेषकहरूका अनुसार, प्रतिबन्ध पुनः लागु भएमा इरानको पहिल्यै कमजोर अर्थतन्त्र थप दबाबमा पर्नेछ ।
मुद्रास्फीति, मुद्रा अवमूल्यन र आधारभूत पूर्वाधार समस्याले जर्जर भएको अर्थतन्त्रमा थप चुनौती थपिने देखिन्छ । इजरायली प्रधानमन्त्रीले संयुक्त राष्ट्रसभामा सम्बोधन गर्दै प्रतिबन्धमा ढिलाइ नगर्न आग्रह गर्नुभयो र आवश्यकता परे इरानको आणविक पूर्वाधारमाथि पुनः कारबाही गर्न तयार रहेको सङ्केत गर्नुभएको छ । इरानले भने कुनै पनि हालतमा आणविक हतियार निर्माण नगर्ने प्रतिबद्धता दोहोर्याउँदै, अन्तर्राष्ट्रिय सन्धिबाट बाहिरिने विचार नरहेको स्पष्ट पारेको छ ।










सिएफमोटोको नयाँ ‘डुअल–स्पोर्ट’ मोटरसाइकल लन्च हुँदै, नेपालमा परिक्षण सुरु
बाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’
मिराज ढुंगानाले गरे आन्दोलनको घोषणा
दोहोरो अंकले घट्याे सेयर बजार
मौन पीडामा रहेकी कालिमायाको याचना …
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया