बुधबार, वैशाख २३, २०८३

डिभी फारममा अब एक डलर शुल्क, अनलाइनमार्फत भुक्तानी अनिवार्य

मेरोन्यूज २०८२ असोज ११ गते १३:३८

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि अबदेखि आवेदन फारम भर्दा एक अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। यसअघि फारम भर्दा कुनै शुल्क लाग्दैनथ्यो।

Advertisement
NiccNicc

अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमार्फत सार्वजनिक गरेको सूचना अनुसार, धोकाधडी नियन्त्रण गर्न र प्रशासनिक खर्च व्यवस्थापन गर्न विश्वभरका सबै आवेदकबाट न्यूनतम शुल्क लिने निर्णय गरिएको हो।यो नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जसको आवेदन प्रक्रिया सन् २०२५ को अक्टोबरमा सुरु हुनेछ। फारम भर्दा पासपोर्ट अनिवार्य हुने र भिसा पाउँदा तिर्नुपर्ने ३३० डलरको शुल्क भने यथावत रहनेछ।

भुक्तानी प्रक्रियामा अमेरिकी सरकारको आधिकारिक अनलाइन पोर्टलमार्फत भिसा कार्ड, मास्टर कार्ड, पेपल वा अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिने व्यवस्था हुनेछ। नेपालमा भने प्राय: भिसा वा मास्टर कार्ड नै प्रयोगयोग्य हुने बताइएको छ। शुल्क तिरेपछि मात्र फारम सबमिट हुने भएकाले आवेदकले पहिले नै कार्डको भुक्तानी सीमाबारे स्पष्ट हुनुपर्ने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया