अर्घाखाँचीमा जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते
मेरोन्यूज
२०८२ असोज १३ गते ७:२३

अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने २४ जना घाइते भएका छन् । सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए । उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका.–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने –७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए । घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ । एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया