गाजा युद्ध अन्त्य योजनामा ट्रम्पलाई मुस्लिम राष्ट्र र युरोपेली शक्तिले गरे समर्थन

केही प्यालेस्टिनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा युद्ध अन्त्य गर्ने योजनालाई ‘प्रहसन’ भन्दै आलोचना गरे पनि सोमबार प्रमुख मुस्लिम राष्ट्रहरूले यसलाई समर्थन गरेका छन् । वासिङ्टनका युरोपेली सहयोगीहरूले समेत हमासलाई यो योजना स्वीकार गर्न आग्रह गरेका छन् । यस योजनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण समर्थन गर्दै, यदि हमासले मान्न अस्वीकार गरे थप विनाशको चेतावनी दिएका छन्।
आठ मुस्लिम वा अरब बहुल राष्ट्रले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी अमेरिकी राष्ट्रपतिको भूमिका र गाजा युद्ध अन्त्य गर्ने उहाँको निष्कपट प्रयासलाई स्वागत गर्दछौँ ।” विज्ञप्तिमा हस्ताक्षर गर्ने राष्ट्रहरूमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, टर्की, कतार, साउदी अरेबिया, इन्डोनेसिया र पाकिस्तान समावेश छन् ।
कतारले यसअघि मध्यस्थको भूमिका खेलिरहेको छ भने साउदी अरेबियासँगको सम्भावित सामान्यीकरण ट्रम्प र नेतान्याहुको प्रमुख लक्ष्य बनेको छ । इन्डोनेसियाले भविष्यको गाजा शान्ति बलमा सेना पठाउने प्रस्ताव गरेको छ भने पाकिस्तानले वासिङ्टनसँग सम्बन्ध सुधार गर्न यस अवसरलाई उपयोग गर्न चाहेको देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले एक्समा पोस्ट गर्दै ‘राष्ट्रपति ट्रम्पलाई आवश्यक सहयोग गर्न पूर्ण रूपमा तयार’ भएको उल्लेख गर्नुभएको थियो, जसलाई ट्रम्पले स्वागत गरेका छन्।
नेतान्याहुले बेवास्ता गर्न खोजेको प्यालेस्टिनी प्राधिकरणले पनि ट्रम्पको ‘निष्कपट र दृढ प्रयास’ लाई समर्थन गर्ने घोषणा गरेको छ । हमासले भने योजना औपचारिक रूपमा नपाएको भन्दै प्रतिक्रिया रोकेको छ । गाजामा हमासको साथमा लडिरहेको इस्लामिक जिहादले यसलाई ‘प्यालेस्टिनी जनता विरुद्ध निरन्तर आक्रमणको परिकार’ भन्दै अस्वीकार गरेको छ । स्थानीय बासिन्दाहरूले पनि योजनाप्रति शङ्का व्यक्त गरेका छन् ।
५२ वर्षीय अबु मजेन नासरले भन्नुभयो, “हामी जनताका रूपमा यो प्रहसन स्वीकार गर्दैनौँ ।” युरोपेली समर्थन र सुझाव फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गत हप्ता ट्रम्पलाई भेटे र फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा असहमति हुँदाहुँदै पनि अमेरिकाले फ्रान्सेली योजनाका तत्वहरू अपनाइरहेको बताउनुभयो । उनले ट्रम्पको ‘गाजा युद्ध अन्त्य गर्ने प्रतिबद्धता’ को प्रशंसा गर्नुभयो । म्याक्रोनले हमासलाई तुरुन्तै बन्धकहरू मुक्त गर्न र इजरायललाई योजनामा दृढतापूर्वक प्रतिबद्ध हुन आग्रह गरे ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको प्रयासलाई ‘लडाइँ अन्त्य गर्ने, बन्धकहरू मुक्त गर्ने र गाजाका जनताका लागि तत्काल मानवीय सहयोग सुनिश्चित गर्ने’ महत्त्वपूर्ण कदम भन्दै समर्थन गर्नुभएको छ । यस योजनामा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समेत संलग्न गर्दै गाजामा सङ्क्रमणकालीन निकाय गठन गर्ने प्रस्ताव गरिएको छ । ब्लेयरले भने, “राष्ट्रपति ट्रम्पले प्रस्तुत गर्नुभएको यो योजना सहमत भए युद्ध अन्त्य गर्न, तत्काल राहत दिलाउन र उज्यालो भविष्य दिन सक्षम हुनेछ ।”
युरोपेली सङ्घ (इयु) का प्रमुख एन्टोनियो कोस्टाले गाजाको असहनीय अवस्थाको उल्लेख गर्दै सबै पक्षलाई ‘शान्तिलाई मौका दिन’ आग्रह गरे । इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले सबै पक्षलाई योजना स्वीकार गर्न आह्वान गरे भने जर्मन विदेशमन्त्री जोहान वाडेफुलले यसलाई ‘गाजामा भयानक युद्ध अन्त्य गर्ने अनौठो अवसर’ भएको बताए । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘हामीले यति धेरै पीडाको अन्त्य गर्नुपर्छ’ भन्दै दुई–राज्य समाधान मात्र दीर्घकालीन शान्तिको बाटो भएको दोहो¥याए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया