गाजामा भएको इजरायली आक्रमणमा १५ जना प्यालेस्टिनीको मृत्यु

इजरायलले गाजा पट्टीमा शुक्रबार गरेको हवाई आक्रमणमा १५ जना प्यालेस्टिनीहरुको मृत्यु भएको जनाइएको छ । प्यालेस्टिनी समाचार एजेन्सी (वफा) ले १५ जना मृतक मध्ये ११ जनाको मृत्यु गाजा सहरमै भएको रिपोर्ट गरेको छ । यसैबिच, दक्षिणी गाजाको अल–मवासी, खान युनूसमा इजरायलले एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन जनाको मृत्यु भएको एजेन्सिले जनाएको छ ।
इजरायली सेनाले अल–मग्राबी स्ट्रिटमा नागरिकहरूको समूह र सहरको पश्चिमको अन्सार क्षेत्रमा आक्रमण गर्दा दक्षिणी गाजा सहरको अल–सब्रामा थप हताहत भएको रिपोर्ट गरिएको छ । उद्धार टोलीले गाजा सहरको दक्षिणपूर्वमा रहेको अल–जायतुनमा रहेको अल–फलाह स्कूलको भग्नावशेष मुनिबाट दुई प्यालेस्टिनीको शव बरामद गरेको जनाएको छ । जहाँ पाँच दिन अघि उद्धार टोलीहरूलाई लक्षित इजरायली सेनाले प्रहार गरेको थियो ।
यसका साथै पूर्वी गाजा सहरको उमर अल–मुख्तार सडक नजिकै इजरायली आक्रमणका कारण अधिकाशं बालबालकिासहित धेरै नागरिकहरू घाइते भएको जनाइएको छ । सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणले अहिलेसम्म ६६ हजार २२५ प्यालेस्टिनीहरूको ज्यान लिएको छ भने एक लाख ६८ हजार ९३८ भन्दा बढी घाइते भएका छन् । हजारौँ पीडितहरू इजरायली आक्रमणका कारण आपतकालीन र नागरिक सुरक्षा टोलीहरूका लागि दुर्गम भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।










बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै
माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराजसहितका जेनजी युवा पक्राउ
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया