मंगलबार, वैशाख २२, २०८३

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छ: अध्यक्ष दाहाल

मेरोन्यूज २०८२ असोज २० गते १९:३२

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् ।

Advertisement
NiccNicc

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याए। संयोजक दाहालले भन्नुभयो, “माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ ।

अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ । केही समयपछि त्यसको परिणाम देखिन्छ ।” उनले पछिल्लो राजनीतिक परिस्थितिमा माओवादी कसरी अघि बढ्नुपर्छ भनेर केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको स्पष्ट पारे।

माओवादीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरिसकेको छ । राजनीतिक दलभित्र पुस्तान्तरणसम्बन्धी बसहलाई निष्कर्षमा पु¥याउन माओवादीले मौजुदा केन्द्रीय समिति भङ्ग गरेर आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पनि निर्णय गरिसकेको छ ।

प्रतिक्रिया