रामेछाप–काठमाडौँ रुटमा सातामा तीन दिन उडान हुने
मेरोन्यूज
२०८२ असोज २२ गते ८:०३

मन्थली, (रामेछाप)। आजदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि समिट, सिता र तारा एयरले नियमित रुपमा उडान सुरु गरेका हुन् । केही दिनयता रामेछाप–लुक्लामा दैनिक ५० देखि ६० वटा उडान भइरहेपछि रामेछाप–काठमाडौँ उडान हुन सकेको थिएन ।
यही असोज १७, १८ र १९ गते परेको भारी वर्षााका कारण विपी राजमार्ग अवरुद्ध भएपछि हवाई उडान सुरु गरिएको हो । मन्थलीबाट विपी राजमार्ग हुँदै काठमाडौँसम्मको दूरी १२५ किलोमिटर दूरी छ भने चरिकोट हुँदै दोललघाट निस्केर काठमाडौँको दूरी करिब २०० किमी छ ।
अबदेखि प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिबार तारा एयरले नियमित रुपमा रामेछाप–काठमाडौँ–रामेछाप उडान भर्ने नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।
सम्बन्धित
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया