यदि निष्पक्ष अनुसन्धान गर्नेहाे भने, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री घिसिङबाट सुरु गर: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले “यदि साँचै निष्पक्ष अनुसन्धान गर्न चाहन्छौ भने अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट सुरु गर।”ले वर्तमान सरकारले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न हिम्मत देखाओस् भनेर चुनौती दिएका छन्।
बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीलाई लक्षित गर्दै भने, “तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गरेर देखाऊ।” उनले थपे, “यदि ओली दोषी हुनुहुन्छ भने कारबाही गर, नत्र अनावश्यक बदनाम गर्न खोज्नु ठिक होइन।”
बस्नेतमाथि जेनजी युवा आन्दोलनका केही अगुवाले दमन गरेको आरोप लगाउँदै मंगलबार प्रहरीमा उजुरी दिएका थिए। सो उजुरी प्रहरीमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो। त्यसको भोलिपल्ट बस्नेतले ओलीको पक्षमा उभिंदै सरकारले मनोमानी गरेको आरोप लगाए।
सम्पत्ति शुद्धीकरणको मुद्दामा दलका नेताहरूमाथि भइरहेको अनुसन्धानबारे पनि उनले असन्तुष्टि जनाए। बस्नेतले भने, “यदि साँचै निष्पक्ष अनुसन्धान गर्न चाहन्छौ भने अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङबाट सुरु गर।”
उनले आफूहरू पूर्ण निर्दोष नभएको स्वीकार गर्दै भने, “हामी दूधले नुहाएका होइनौं, तर प्रमाणबिनाको आरोप उचित होइन। यदि म भ्रष्टाचारी हुँ भने कारबाही गर, होइन भने नाम लिएर बदनाम नगर।”
बस्नेतका अनुसार जेनजी आन्दोलनपछि एमालेभित्र पनि औपचारिक धारणा तयार गर्ने तयारी भइरहेको छ। “भोलि पार्टीका अन्य नेताहरूले पनि धारणा सार्वजनिक गर्नुहुन्छ,” उनले भने, “२४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक बसेपछि महिनाको अन्त्यसम्ममा एमालेले आधिकारिक निर्णय ल्याउनेछ।”
















बल्खुकाे सुकुम्बासी बस्तीका एकजना बागमतीमा मृत फेला
सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना व्यक्त
रुसको ड्रोन आक्रमण तीव्र, अप्रिलमा नयाँ रेकर्ड
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
रोल्पा जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुल्यो
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया