आज डलर एककाे बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा, अन्य विदेशी मुद्राको विनिमयदर यस्ताे

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७८ रुपैयाँ २ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ । सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८ पैसा र बिक्रीदर २२ रुपैयाँ १७ पैसा तोकिएको छ ।
यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ९ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ६ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुयैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा ताकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।















विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
प्रतिक्रिया