सोमबार, वैशाख १४, २०८३

सुनको मूल्य निरन्तर अकासिँदो, यस्ताे छ आजकाे मूल्य

मेरोन्यूज २०८२ असोज २३ गते ११:१४

काठमाडौँ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ ।

Advertisement
NiccNicc

चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया