अमेरिकी पूर्व राष्ट्रपति बाइडेनलाइ क्यान्सर, उपचारका लागि यस्ताे प्रकारकाे विधि अपनाँइदै

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहनुभएको उहाँका प्रवक्ताले जानकारी गराउनु्भएको छ। “प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’ र हर्मोन उपचार गराइरहनुभएको छ,” उनले भने। गत मे महिनामा ८२ वर्षीय पूर्व राष्ट्रपतिको कार्यालयले बाइडेनलाई हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको घोषणा गरेको थियो ।
“क्यान्सरले हामी सबैलाई छुन्छ। तपाईंमध्ये धेरैले जस्तै जिल र मैले पनि थाहा पाएका छौं कि हामी पीडा सहनका लागि सबैभन्दा बलियो स्थानमा छौँ,” बाइडेनले भने । स्मरण रहोस्, पूर्व राष्ट्रपति बाइडेनका छोरा ब्यू बाइडेनको सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएको थियो।
“हाम्रा लागि प्रेम र सहयोगसहित प्रार्थना गरिदिएकोमा सबै शुभेच्छुकलाई धन्यवाद छ,” उाले भने। गत वर्ष डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक राष्ट्रपति पदका लागि चुनाव प्रचार गर्दा बाइडेनको स्वास्थ्य बिग्रँदै गएको अनुभव गरिएको थियो । सन् २०२४ जुलाईमा बाइडेनले ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शनपछि उनी दौडबाट बाहिरिने घोषणा गरेका थिए र राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
डेमोक्र्याटिक नेता ह्यारिसले छोटो समयमा राष्ट्रपति ट्रम्पसँगको प्रतिस्पर्धालाई उत्कर्षमा लगेपनि अन्ततः ट्रम्पसँग पराजित भएका थिए भने ट्रम्पले सन् २०२५ को जनवरीदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गरेका थिए । अमेरिकी अवुध रोग समाज (क्यान्सर सोसाइटी)का अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो। यो समस्या ८० वर्षभन्दा माथिका ८० प्रतिशत पुरुषको प्रोस्टेट ग्रन्थीमा हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।
प्रारम्भिक चरणमा रोग लागेको पत्ता लागेमा यसको उपचार सम्भव भए पनि यो पुरुषमा क्यान्सरको मृत्युको दोस्रो प्रमुख कारण भएको सङ्गठनले जनाएको छ । हार्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई खुम्च्याउन सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्न सक्छ, तर यो उपचार होइन। राष्ट्रपतिमा निर्वाचित ७९ वर्षीय ट्रम्पको पदबहालपछि शुक्रबार दोस्रो पटक स्वास्थ्य परीक्षण गरिएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
प्रतिक्रिया