झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग

भद्रपुर। झापा कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन् । जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारहरूलाई कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन् ।
कार्यालय प्रमुख भट्टराईका अनुसार उक्त रकम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । कैदीबन्दीका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्दै आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावतीले भने, ‘थोरै भए पनि पीडितहरूका लागि राहत होस् भन्ने सोचका साथ सबै कैदीबन्दीले सहयोग गरेका हुन् ।’
प्रमुख भट्टराईले झापा कारागारमा कैदीबन्दीहरू सिर्जनात्मक कार्यमा संलग्न रहँदै आएको उल्लेख गरे। उनले विपद्को घडीमा पनि मानवीय भावनासहित सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे।
उनका अनुसार झापामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा एकद्वारा प्रणालीबाट राहत वितरण भइरहेको छ । हाल झापा कारागारमा एक हजार ५१९ पुरुष र ७६ महिला गरी जम्मा एक हजार ५९५ कैदीबन्दी छन् ।
















इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया