झापाका कैदीबन्दीले गरे बाढीपीडितलाई नगद सहयोग

भद्रपुर। झापा कारागारका कैदीबन्दीहरूले बाढीपीडितका लागि नगद सहयोग गरेका छन् । जिल्लामा गत साता आएको बाढीका कारण विस्थापित परिवारहरूलाई कैदीबन्दीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी कारागार कार्यालय प्रमुख रेवन्त भट्टराईलाई आज एक लाख २० हजार ५१० हस्तान्तरण गरेका हुन् ।
कार्यालय प्रमुख भट्टराईका अनुसार उक्त रकम जिल्लाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको छ । कैदीबन्दीका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्दै आन्तरिक प्रशासन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावतीले भने, ‘थोरै भए पनि पीडितहरूका लागि राहत होस् भन्ने सोचका साथ सबै कैदीबन्दीले सहयोग गरेका हुन् ।’
प्रमुख भट्टराईले झापा कारागारमा कैदीबन्दीहरू सिर्जनात्मक कार्यमा संलग्न रहँदै आएको उल्लेख गरे। उनले विपद्को घडीमा पनि मानवीय भावनासहित सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे।
उनका अनुसार झापामा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत स्थानीय तहको समन्वयमा एकद्वारा प्रणालीबाट राहत वितरण भइरहेको छ । हाल झापा कारागारमा एक हजार ५१९ पुरुष र ७६ महिला गरी जम्मा एक हजार ५९५ कैदीबन्दी छन् ।










लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
फूलखेतीबाट वार्षिक ८ लाख आम्दानी गर्दै धनगढीकी सुशीला
एमएडब्लू वृद्धि मोटर्सद्वारा बिर्तामोडमा नयाँ नामी भिगो अनावरण
दरबारमार्गमा जलरङ माध्यममा नयाँ प्रयोग
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रतिक्रिया